ओली–प्रचण्डबीच भेटवार्ता

तु खबर संवाददाता
२०७७ बैशाख २७, शनिबार १५:५८
file photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसमेत केपी ओली र प्रचण्डबीच शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुउनीहरुबीच भएको भेटवार्तामा स्थायी समिति बैठक, सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

यसअघि नेकपाका २० स्थायी समिति सदस्यहरुको माग बमोजिम बैशाख २५ गतेका लागि तय बैठक स्थगित भएको थियो ।

बैठक स्थगित गरेपछि असन्तुष्ट नेताहरुले आफै बैठक बोलाउने चेतावनी दिँदैै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*