नेकपाको स्थायी समिति बैठक अनिश्चित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ ।
बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।
स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच छलफल गर्न बाँकी रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक बैशाख २५ गते बिहान ११ बजे धुम्बाराहीमा बस्ने तय गरिएको थियो ।
सोही बैठकका लागि आज सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।