उपभोक्ता ठगी गर्ने हेटौँडाको मणि खाद्यान्न सेन्टरलाई २ लाख ५० हजार जरिवाना (हेर्नुहोस् विज्ञप्ती)

तु खबर संवाददाता
२०७७ बैशाख २२, सोमबार १९:३०

मकवानपुर । कम तौल भएको चामल विक्रि गरेको र अनुगमन टोलीकै अगाडि प्रमाण नष्ट गरेको भन्दै हेटौँडाको मणि खाद्यान्न सेन्टरलाई २ लाख ५० हजार जरिवाना गरिएको छ ।

गत १८ गते जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चलगायतले संयुक्त रुपमा बजार अनुगमन गरेको थियो ।
बजार अनुगमनको क्रममा मणि खाद्यान्न सेन्टरमा सिल प्याक गरिएको चामलको बोरामा तौल आधा केजीसम्म कम भएको फेला परेको थियो ।

सेन्टरका संचालक काब्यमणि अधिकारीले उक्त चामल मुसाले खाएको भन्दै अनुगमन टोलीलाई स्पष्टीकरण दिएका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघका सचिव तथा प्रवक्तासमेत रहेका काव्यमणि अधिकारी सञ्चालक रहेको सो सेन्टरलाई लाई प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ६१ को घ २ बमोजिम जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

अनुगमन टोलीले सो सम्बन्धमा त्यही नै मुचुल्का लेख्ने क्रममा टोलीलाई झुक्याउँदै सञ्चालक अधिकारीले प्रमाण नष्ट गर्न तौल घटी भएका चामलको सिल ब्लेडले काट्दा काट्दै अनुगमन टोलीले फेला पारेको थियो ।

संकटमा कालोबजारी गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघकै प्रतिनिधि र विभिन्न सामाजिक अगुवाहरुले उनको राजीनामा समेत माग गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*