वडा अध्यक्ष बानियाँद्वारा नागरिकको उद्दार, विदेशबाट आएकाहरुको कोरोना परिक्षण सम्पन्न

तु खबर संवाददाता
२०७७ बैशाख १२, शुक्रबार ०९:३२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाँले लकडाउनका कारण राजधानी काठमाडौँमा अलपत्र परेका १ सय २७ जनालाई वडावासीलाई उद्दार गरेका छन् ।

हिजो ३ वटा बसमा उनीहरुलाई उद्दार गरी हेटौंडा ल्याइएको अध्यक्ष बानियाँले तु खबरलाई जानकारी दिए ।

त्यसैगरी लकडाउनका कारण जीवन निर्वाहमा समस्यामा परेका वडाका ५ सय २५ घरधूरीलाई अध्यक्ष बानियाँको नेतृत्वमा राहत समेत उपलब्ध गराइएको छ । चामल १५ केजी, २ लिटर तेल, २ केजी दाल, १ पाकेट नून र चार थान साबुन राहत बापत उपलब्ध गराइएको अध्यक्ष बानियाँले बताए ।

यस्तै, वडाभित्र विदेशबाट आएका ६ जनाको कोरोना परिक्षण समेत गरिएको छ । उनीहरुलाई वडामै र्यापिट टेस्ट गरिएको र सबैको रिजल्ट नेगेटिभ देखिएको बानियाँले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*