हेटौंडा–१८ का ५० परिवारलाई सुशान्त श्रेष्ठको राहत

तु खबर संवाददाता
२०७६ चैत्र ३०, आईतवार १३:४६

मकवानपुर, २९ चैत । नेपाली काँग्रेसका जिल्ला सदस्य सुशान्त कुमार श्रेष्ठले हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का ५० परिवारका लागि राहत उपलब्ध गराउनु भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि दैनिक ज्यालादारीको जीवन सहज बनाउन खाद्यन्न उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष अनिल बानियाँको रोहबरमा दैनिक ज्यालादारीहरुको लागि चामल, दाल, नुन, तेल र मसलालगायतका सामग्री वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*