थाहा नगरका वडा सचिवहरुलाई तुरुन्त हाजीर हुन निर्देशन
मकवानपुर, २६ चैत । मकवानपुरको थाहा नगरपालिकाले आफ्ना सबै वडा सचिवहरुलाई कार्यालयमा हाजीर हुन निर्देशन दिएको छ ।
विपद्को बेला कार्यालयमा उपस्थित नहुने वडा सचिवहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयले हाजीर हुन निर्देशन दिएको थाहा नगरपालिकाले जानकारी दिएको छ ।
कति वडा सचिवहरु कार्यालयमा आएका छैनन् त्यो भने केही खुलाइएको छैन । १२ वडा रहेको थाहामा सबैलाई अनिवार्य कार्यालयमा हाजीर हुन भनिएको छ ।
सचिवालयको हिजोको बैठकले यस्तो निर्णय गरेको हो । साथै, सचिवालयले कार्यरतहरुलाई पनि विदा स्वीकृत गरेर मात्र विदामा बस्न भनेको छ ।
