प्रहरीलाई झुक्याएर दुध बोक्ने गाडी भन्दै रक्सी ओसार्ने पक्राउ
मकवानपुर, २५ चैत । दुध ढुवानी सेवा भनी टाँसेर घरेलु रक्सी बोक्ने अटो र अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चौकी टोलबाट खटिएको प्रहरी टोलीले दुध ढुवानी सेवा भनी टाँसेर रक्सी बोक्ने ना. १ ह ५३८९ नम्बरको अटो र त्यसका चालक फेन्जु लामालाई पक्राउ गरेको हो ।
५ वटा जर्किनमा १ सय ४० लिटर घरेलु रक्सी बोकेर अटो हेटौंडा आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभए अनुसार, अटोमा दुध बोक्ने ३ वटा खाली क्यान समेत फेला परेको छ ।
दूध ढुवानी कार्य अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले प्रहरीले दुध ढुवानी र विक्री वितरणमा सहजीकरण गर्दै आइरहेको छ ।
