गुप्ताद्वारा चैत महिनाको भाडा छुट दिने घोषणा

तु खबर संवाददाता
२०७६ चैत्र २३, आईतवार १६:३३

बारा, २३ चैत । सिमरा बजारमा अबस्थित बाबा मार्केटले चैत महिनाको घरभाडा बापतको रकम नलिने घोषणा गरेको छ ।

नेपाली काँग्रेस नगर सभापति समेत रहेका घरधनी श्याम बाबु गुप्ताले कोरोनाका कारण व्यापार व्यवसाय सबै ठप्प भएकाले भाडामा लिई आफ्नो मार्केटमा व्यवसाय संचालन गर्नेहरुसँग चैत महिनाको भाडा नलिने घोषणा गरिएको जानकारी दिनुभयो ।

गुप्ताले चैत महिनाको भाडा नलिने घोषणा गर्नुभएपछि बाबा मार्केटका झन्डै ३२ सटरमा ब्यवसाय संचालन गर्ने ३ दर्जन व्यवसायी लाभान्वित भएका छन् ।

घोषणापछि भाडामा व्यवसाय चलाउनेहरु खुसी समेत हुनुभएको गुप्ताले जानकारी दिनुभयो । विपद्को बेला एकअर्काबीच सहकार्य हुनुपदर्छ, केही राहत होस् भनेर भाडा नलिने घोषणा गरेको सभापति तथा मार्केटका संचालक गुप्ताले तु खबरलाई जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*