यो कस्तो शहर !

तु खबर संवाददाता
२०७६ चैत्र १, शनिबार १४:२४

दक्षिण भारतमा यस्तो एउटा शहर छ, जहाँ स्थानीय शहर छ, न कुनै धर्म चल्छ न पैसा । चेन्नइबाट १ सय ५० किमी पर यो शहरको नाउँ एरोभिल्ले हो अर्थात् ‘मिरमिरेको शहर’ ।

मीरा अल्फाजों नाउँकी एक योगीले बसालेको । युनेस्कोले यसलाई ‘युनिभर्सल सिटी’ को दर्जा दिइसकेको छ । मीराले जातपात, ठूलो–सानोको विभेद नहोस् भन्ने उद्देश्यले शहर बसालेकी हुन् ।

जो जताबाट आएर पनि बस्न पाउने यो शहरमा यतिखेर ४९ मुलुकका २ हजार ४ सय ८७ जना नागरिक छन् । १ हजार ८ सय ५४ वयस्क र ६ सय ३३ केटाकेटी । त्यहाँ वस्तु विनियम प्रणाली लागू छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*