ह्वाइट हाउसमा ट्रम्प र भरदकरको ‘नमस्ते’
एजेन्सी, ३० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गर्नु भएको छ ।
बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उहाँहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गर्नु भएको हो । सामान्यतया हात मिलाउने प्रचलन छ ।
विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गर्नु भएको छ । यसो गर्दा कोरोना भाइरस सर्ने जोखिम कम हुन्छ।
त्यसो त, नेपालमा पनि हात मिलाउनुको सटटा नमस्कार गर्न आग्रह गरिएको छ । बागमती प्रदेश सरकारले केही दिनअघि हात मिलाउनुको सट्टा नमस्कार गर्न सर्वसाधारणालाई आग्रह गरेको थियो ।
