हेटौंडाका ‘नयन’ जितपुरबाट पक्राउ

तु खबर संवाददाता
२०७६ फाल्गुन २५, आईतवार १८:२४

हेटौंडा, २५ फागुन । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बारा इञ्चार्ज हेटौंडाका ‘नयन’ बाराको जितपुरबाट पक्राउ पर्नु भएको छ ।

बाराको जितपुरबाट इन्द्रबहादुर परियार ‘नयन’लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिनु भयो । प्रहरीका अनुसार नयन नेकपाको बारा इञ्चार्ज हुनुहुन्छ ।

राज्यबाट प्रतिबन्धित पार्टी विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज नयनलाई बाराका एनसेल टावरमा आगजनीलगायतका विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको पुरीले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*