मकवानपुरको सीमानामा पुगेर माधव नेपालको जन्मदिन !

तु खबर संवाददाता
२०७६ फाल्गुन २५, आईतवार १४:३९

काठमाडौं, २५ फागुन । मकवानपुर र काठमाडौंको सीमानामा पुगेर नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जन्मदिन मनाउनु भएको छ ।

शुक्रबार काठमाडौं र मकवानपुरको सिमानामा रहेको चन्द्रागिरीमा नेता नेपालले केक काटेर आफ्नो ६८ औं जन्मदिन मनाउनु भएको हो ।

चन्द्रागिरी मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्रसँग जोडिएको छ । नेकपाका वरिष्ठ नेता नेपालको परिवारका सदस्यहरुको जमघटमा जन्म दिन मनाइएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल शुक्रबारदेखि ६८ वर्ष लाग्नु भएको छ । बर्थडे मनाउन माधव नेपाल, पत्नी गायत्री आचार्य, कान्छी बहिनी बसुधा पोखरेल, छोरी डा. सुमन नेपाल, भाइ बिनोद, सरोज र इन्दिरा नेपाल लगायत केबुलकार चढेर चन्द्रागिरी पुग्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*