नेकपा मजदुरका पूर्वकेन्द्रीय सदस्य आचार्य नेपाली काँग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७६ फाल्गुन २३, शुक्रबार १६:५२

हेटौंडा, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनका पूर्वकेन्द्रीय सदस्य बद्रीप्रसाद आचार्यसहित चार जना नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा आचार्यसहित नेकपाका चार नेता नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो ।

नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नुहुनेमा नेकपाका किरण लामा थिङ, गंगाप्रसाद सापकोटा र चित्रप्रसाद नेपाल हुनुहुन्छ ।

उहाँहरुलाई नेपाली कांग्रेस मकवानपुरका सभापति एवं बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले टिका तथा खादालगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, बलिन्द्र भ्लोन, अर्जुन तिवारी, राजिव सुवेदी, नगर सभापति आनन्दराम पराजुलीलगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*