नेकपा बागमति प्रदेश प्रचार विभागमा चौलागाई र विष्ट
मकवानपुर १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशको प्रचार तथा प्रकाशन बिभाग सदस्यमा मकवानपुरका २ जना मनोनित हुनुभएको छ ।
नेकपा बागमती प्रदेश कमिटीले हिजो शुक्रबार बिभागको सदस्यमा मकवानपुरबाट उज्वल चौँलागाई र नानीमैया बिष्टलाई मनोनित गरेको हो ।
लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध चौलागाईं र बिष्टले सञ्चार क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
हेटौँडाबाट प्रशारण हुने ‘हेटौँडा एफएम’का प्रबन्ध निर्देशक चौँलागाई ब्रोडकाष्टिङ् एशोसिएसन अफ नेपाल (बान) का केन्द्रीय उपाक्ष्यक्षसमेत हुनुहुन्छ । आफूलाई प्राप्त जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने पत्रकार चौलागाईले बताउनुभयो ।
