कोरियामा कोरोना भाइरसको संक्रमित एकैदिन दोब्बरले वृद्धि

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार ०९:२७
filr-photo

दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमितमा एकैदिन दोब्बरले वृद्धि भएको पुष्टि गरेको छ ।

दक्षिण कोरियाली अधिकारीका अनुसार शुक्रबार २ सय २९ संक्रमित देखिएकोमा शनिबार संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।

प्रधानमन्त्री चुङ्ग स्ये–क्यिुनले त्यहाँको अवस्थालाई गम्भीर बताएका छन् ।

दक्षिण पूर्वी शहर देइगु आसपासका अस्पताल र त्यहाँका धार्मिक समूहमा नयाँ संक्रमित पाइएको अधिकारीले बताएका छन् ।

दक्षिण कोरियामा दुई बिरामीको मृत्यु भएको र मृतकको संख्या वृद्धि हुने हो कि भन्ने त्रास फैलिएको छ ।

देइगु र छियोङ्दो नजिकैको इलाका–जहाँ अस्पताल छ– लाई ‘स्पेशन केयर जोन’ घोषित गरिएको छ । देइगुका सडकमा मानिसहरुको आवतजावत लगभग रोकिएको छ ।

चीनपछि दक्षिण कोरियामा संक्रमितको संख्या धेरै देखिएको छ । चीनमा अहिलेसम्म २ हजार ३ सय ४५ को मृत्यु भइसकेको छ भने ७६ हजार २ सय ८८ जना संक्रमित छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*