हेटौंडामा विभिन्न पार्टी परित्याग गरी ५५ जना काँग्रेसमा प्रवेश
हेटौंडा, ११ फागुन । हेटौंडामा विभिन्न पार्टी परित्याग गरि ५५ जना नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । शनिबार हेटौंडा–१६ वडा कमिटीको वडास्तरीय भेला तथा बनभोज कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि ५५ जना काँग्रेसमा प्रबेश गर्नुभएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्र बहादुर बाँनियाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस हेटौँडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुलि, बकैया गाँउपालिका अध्यक्ष दामोदर खनाल, नेपाली काँग्रेस मकवानपुरका प्रवतmा प्रदिप कोईराला, जिल्ला सदस्य कृष्ण प्रसाद दहाल, शुसान्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
आदिवासी जनजाती संघ १६ नम्बर वडाको प्रथम अधिवेशनमा सिंह बहादुर तामाङको नेतृत्वमा ३९ सदस्यीय कमिटी गठन गरीएको थियो ।
