काँग्रेस बकैया ५ को वडा सभापतिमा तिमल्सिना

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार ०८:२७

मकवानपुर, ११ फागुन । नेपाली काँग्रेस बकैयाँ गाउँपालिका ५ नम्बर वडा सभापतिमा मिरा बञ्जरा तिमल्सिना चयन हुनुभएको छ ।

शनिबार भएको वडा भेलाले तिमल्सिनाको सभापतित्वमा १९ सदस्यीय वडा कार्यसमिति चयन गरिएको हो ।

समितिको उपसभापतिमा राजकुमार वाईबा, सचिवमा अमृत थिङ, सहसचिवमा कमान सिं माझी, सदस्यहरुमा क्रमशः सुर्यबहादुर घिसिङ, कृष्णबहादुर घलान, विरबहादुर भोलनलगायत १९ सदस्यीय ५ नम्बर वडा कार्यसमिति हुनुभएको छ ।

कार्यक्रम नेपाली काँग्रेस बकैया ५ का साविक सभापति धनजित स्याङतानको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमु्ख आतिथ्यतामामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*