बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउ

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार ०८:१३
file-photo

बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटमाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै बचाउ गर्नुभएको छ।

एक सचिवालय सदस्यले भने– ‘पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानविन गर्नुपर्छ।’

तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्नु नपर्ने भन्दै अडान लिनुभएको थियो। पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानविन गर्नुपर्ने भनाइमा जोड दिएपछि उहाँले बास्कोटाको बचाउ गर्दै भन्नुभयो– बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने भएकाले पार्टीले छु्ट्टै छानविन गर्नुपर्दैन।’आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*