प्रधानमन्त्रीको ‘भिजन टु एक्सन’ विमोचन, के छ पुस्तकमा ?

तु खबर संवाददाता
२०७६ फाल्गुन १०, शनिबार १५:२९

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी ओलीको पुस्तक ‘भिजन टू एक्सन’ विमोचन भएको छ। आज बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नु भएको छ ।

पुस्तकका समृद्ध नेपाल निर्माणको भिजन र त्यसका लागि गरिएको प्रयास उल्लेख गरिएको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनको अवसर पारेर पुस्तक विमोचन गरिएको हो। ओलीको जन्मदिन फागुन ११ गते हो।

यस वर्ष प्रधानमन्त्री ओलीले जन्मदिन मनाउनको लागि तेह्रथुमको आठराईस्थित जन्मघरमै मनाउने तयारी गर्नु भएको छ । त्यसका लागि प्रधानमन्त्री भोली हेलिकप्टर मार्फत तेह्रथुम जान लागेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*