भारतको तमिलनाडुमा नेपाली पर्यटक चेढेको बस दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं, ८ फागुन । भारतको दक्षिणी राज्य तमिलनाडुमा गएराति भएको सवारी दुर्घटनामा परी ६ नेपाली नागरिकको मृत्यु भएको छ ।
२५ जना नेपालीहरू चढेको पर्यटक बस र अर्को बससँग एकापसमा ठोक्किएर दुर्घटना हुँदा २ महिलासहित ६ नेपाली नागरिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
भारतीय संचारमाध्यमका अनुसार, नेपाली चढेको बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै गरेको र बैंग्लुरूबाट केरला जाँदै गरेको बससँग ठोक्किएर दुर्घटना भएको हो ।
नेपाली चढेको उक्त बस सुनसरीको दुहबीबाट गएको बताइको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
