सरकारको काम नराम्रो देख्ने आँखा चाँही नराम्रा : मन्त्री बास्कोटा

तु खबर संवाददाता
२०७६ फाल्गुन १, बिहीबार १६:३०

काठमाडौं, १ फागुन । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले एउटा पनि नराम्रो काम नगरेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

मन्त्री बास्कोटाले भने, ‘नराम्रा काम एउटा पनि गरेको छैन । जति गरियो राम्रै राम्रा । नराम्रो देख्ने आँखा चाँही नराम्रा । राम्रो कुरा नदेखाइदिने, नराम्रो मात्र लेख्ने हातहरुबारे पनि म कहिले बाँकी प्रश्न गर्छु नि ।’

भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनताको जीवनस्तरमा सुधार आएको तर त्यो सरकारले सोचे जस्तो नभएको उनले बताए । डेमोक्रेसी इन्डेक्समा समेत नेपालको स्थान सुधार आएको भन्दै मन्त्री बास्कोटाले भने, अधिनायकवादको हौवाले हावा खायो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*