बिहानै किन पुगे प्रचण्ड निवासमा विष्णु पौडेल ?
काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आज आईतबार बिहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निकासमा पुगेका छन् ।
महासचिव पौडेल आज हुने नेकपा सचिवालयको बैठकको बारेमा छलफल गर्न प्रचण्ड निवास पुगेको खुमलटार स्रोतले जानकारी दिएको छ।
नेकपा सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्दैछ । केन्दीय समिति बैठकपछि पहिलो पटक सचिवायल बैठक बस्ने लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिइएको छ।
