बालुवाटार जग्गा प्रकरणमा विजयकुमार गच्छदारले यस्तो बयान दिए
काठमाडौं, २४ माघ । ललिता निवास जग्गा प्रकरणबारे तत्कालीन् उपप्रधानमन्त्री तथा विभागीय मन्त्री विजयकुमार गच्छदारको बयानः
म २०४८ सालपछि पटक–पटक विभिन्न मन्त्रालय हुँदै ४–५ पटक भौतिक योजना तथा निर्माण मन्त्रालयमा विभागीय मन्त्रीको हैसियतमा थिएँ।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरूका सम्बन्धमा २०६५र२०६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो।
विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नको लागि मेरो मन्त्रालयको सचिवले तयार गरी म समक्ष पेश गरेको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानको लागि मैले स्वीकृति दिएको हुँ।
स्रोतः विशेष अदालतमा दायर आरोपपत्र । कान्तिपुर
