बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको बयान

तु खबर संवाददाता
२०७६ माघ २४, शुक्रबार ०९:१८
file-photo

काठमाडौँ, २४ माघ । ललिता निवास जग्गा प्रकरणबारे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको बयानः

नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठी जग्गाधनी तथा मोही कायम गर्ने गराउने सम्बन्धमा मन्त्रिपरिषद्‍बाट निर्णय भएको होइन ।

मन्त्रिपरिषद्‍को निर्णय पुनः नापी बमोजिम नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता भएको सच्याइएको हो । अनि साविक लगत बमोजिम पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृति दिने मात्र हो ।

व्यक्ति विशेषलाई मोही कायम गराउने सम्बन्धमा मन्त्रिपरिषद्‍मा प्रस्ताव आएको पनि छैन र निर्णय भएको पनि होइन ।

दर्ता सच्याउने प्रस्ताव प्रकृयागत रुपमा आएको र नेपाल सरकार कार्यसम्पादन नियमावली बमोजिम सामाजिक समितिमा पठाई समितिबाट निर्णय भएर आए बमोजिम मन्त्रिपरिषद्‍ले त्यसलाई स्वीकृति गरेको हो ।

स्रोतः विशेष अदालतमा दायर आरोपपत्र । कान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*