कोरोना भाइरस : ४९२ को मृत्यु, साढे २४ हजारभन्दा बढी संक्रमित
कोरोना भाइरसका कारण ४ सय १२ जनाको ज्यान गएको छ । नोबेल कोनोनाका कारण ज्यान गुमाउने सबै जसो चीनकै रहेका छन् ।
चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । त्यस्तै विश्वभर २४ हजार ५०० भन्दा बढी मानिस संक्रमित भएका छन् ।
चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट सुरु भएको प्रकोप नियन्त्रण गर्न चीनले कठोर कदमहरु उठाएको छ । यसका बावजुद प्रकोप नियन्त्रणको प्रयास सफल हुन सकेको छैन ।
चीनले विभिन्न सहरका यातायात र समूहमा भेला हुने कार्यलाई पनि रोग लगाएको छ ।
चीनबाहिर २५ देशमा २३० संक्रमणको केस भेटिएका छन् । एजेन्सी
