कोरोना भाइरसबाट हङकङमा पनि गयो एकको ज्यान

तु खबर संवाददाता
२०७६ माघ २१, मंगलवार १३:०३
filr-photo

काठमाडौं, २१ माघ । कोरोना भाइरस संक्रमितका कारण हङकङमा पनि एक व्यक्तिको ज्यान गएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको हो ।

साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको जनाएको छ ।

कोरोना भाइरसका कारण चीनबाहिर ज्यान गुमाउने यो दोस्रो घटना हो । यसअघि चीनबाहिर फिलिपिन्सका एक व्यक्तिले ज्यान गुमाएका थिए ।

त्यहाँका संचारमाध्यमहरुमा आएका समाचारका अनुसार, कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको ज्यान गएको हो । उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए । उनीबाटै आमामा पनि संक्रमण सरेको पाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस अहिले नेपालसहित २२ देशमा फैलिएको छ । यसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ ।

यस भाइरसका कारण चीनमा अहिलेसम्म ४ सय २५ जनाको ज्यान गइसकेको छ । २० हजार ४ सय ३८ संक्रमित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*