कोरोनाभइरसका कारण चीनबाहिर पहिलो पटक एक जनाको ज्यान गयो
नोबेल कोरोनाभाइरसका कारण चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु भएको छ । योसँगै यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय ४ पुगेको छ ।
कोरोना भाइरसका कारण चिनबाहिर फिलिपिन्सका एक बिरामीको ज्यान गएको हो ।
यता, चीनले शनिबार मध्यरातसम्म ३ सय ४ जनाले ज्यान गुमाएको बताएको छ । ज्यान गुमाउने नयाँ बिरामी सबै हुबेइका हुन् ।
चीनमा थप २५ सय ९० बिरामी फेला परेका छन् । योसँगै कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या १४ हजार ३ सय ८० पुगेको छ ।
हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
यो भाइरस नेपाल, कम्बोडियो, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, जर्मनी, भारत, इटाली, जापान, मलेसिया, फिलिपिन्स, रुसलगायत एक दर्जनभन्दा बढी देशमा फैलिसकेको छ ।
