कोरोना भाइरस : मृत्यु हुनेको संख्या २१३ पुग्यो

तु खबर संवाददाता
२०७६ माघ १८, शनिबार ११:४५
filr-photo

चीनमा कोरोनोभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ ।

चीनको हुवेइ प्रान्तका राजधानी वुहानबाट उत्पत्ति भएको कोरोनाभाइरसले चीनका विभिन्न स्थानमा गरी २ सय १३ जनाको मृत्यु भएको हो ।

कोरोनाभाइरसका कारण हाल अन्य ९ हजार ८ सय ९ जनामा संक्रमण पुगेको छ ।

चीनको मुख्यभूमिभन्दा बाहिर अन्य देशहरुमा यो नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमितको संख्या १ सय४० पुगेको छ ।

तीमध्ये ६ वटा अमेरिकामा, दुई वटा बेलायतमा रहेका छन् । त्यसैगरी, रुसमा पनि कोरोनाभाइरसका संक्रमित फेला परेका छन् ।

यो महामारी विश्वभरिनै फैलिँदै गएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*