चीनमा कोरोना भाइरसका कारण डाक्टरको मृत्यु
कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न डाक्टरकै मृत्यु भएको छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार, चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो ।
कोरोना भाइरस संक्रमणको केन्द्रका रुपमा रहेको हुबेइमा ६२ बर्षीय चिकित्सक लियाङ्ग उदोङको ज्यान गएको हो ।चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिइरहेको छ। एजेन्सी
