यस्तो छ आज नेपाली बजारमा सुनको भाउ
मकवानपुर, १० माघ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, शुक्रबार सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला २०० रुपैयाँले नै बढेर ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी यस दिन तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
