सोमालियामा कारबम विस्फोट, मृत्यु हुनेको संख्या ७६ पुग्यो

तु खबर संवाददाता
२०७६ पुष १३, आईतवार ०९:५०
file photo

सोमालियाको राजधानी मोगादिसुमा शनिबार बिहान भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

मदिना अस्पतालका निर्देशक डा.मोहम्मद युसुफले आफूहरुले मृत्यु भएका ७३ जनाको शब बुझेको जानकारी दिएका छन् ।

विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन । सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब विद्रोही समूहले गर्दै आएको थियो ।

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा रक्तपात भएको बताएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*