अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जना लडाकुको अपहरण

तु खबर संवाददाता
२०७६ पुष १०, बिहीबार ०९:४४

पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् ।

पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर, फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ ।

फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरले ६ वटा कारमा रहेका उनीहरुलाई तालिवान लडाकुहरुले एक मुख्य सडकमा रोकेका थिए । त्यसपछि उनीहरुलाई अज्ञात स्थलतर्फ लगेर गए । उनीहरु तालिवान समूहको अपहरणमा परेको भनिए पनि तालिवान वा अन्य कुनै संगठनले यसको जिम्मा लिएको छैन ।

एकातिर अफगानिस्तानमा अमेरिकाले शान्ति स्थापनाका लागि तालिवानसँग वार्ता जारी राखेको छ भने अर्कोतिर अफगानी र अन्तर्राष्ट्रिय सैन्य बलमाथि आक्रमणका घटना पनि सार्वजनिक भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*