रूसी राष्ट्रपति पुटिनलाई प्रश्न सोध्दा पत्रकारको जागिर गुम्यो
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको १५ औं वार्षिक पत्रकार सम्मेलनमा प्रश्न सोधेकोभन्दैएक जना सञ्चारकर्मीलेजागिरबाटै बाहिरिनुपरेको छ । यामल क्षेत्रको एक सरकारी टीभी च्यानलमा कार्यरत अलिसा यारोभस्कायले जागिर छाड्नुपरेको बीबीसीले जनाएको छ ।
यसबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । उत्तर–पश्चिम साइबेरियाको आर्कटिक यामल क्षेत्रमा अधिकारीहरूले राष्ट्रपति पुटिनलाई अलिसालेप्रश्न सोधेकोमा खुसी नभएकोत्यहाँबाट प्राप्त समाचारहरूमा उल्लेख छन् ।
राष्ट्रपति पुटिनलाई पत्रकार सम्मेलनमा प्रश्न सोधेकोभोलिपल्टैअलिसालेजागिरबाट राजीनामा दिएकी छन्। उनलेआफ्नो राजीनामाकोकारण भने ‘व्यक्तिगत’ भएकोभनेकी छन्। तर, रूसका वे बसाइटहरूले पत्रकार अलिसालाई राजीनामा दिन बाध्य पारिएको उल्लेख गरेका छन् ।
रूसी पत्रकारमाथि अधिकारीहरू कुन रूपमा प्रस्तुत हुने गर्छन्, यो घटनाले त्यसको पुष्टि गरेका छ । गत १९ डिसेम्बरमा लगभग तीन घन्टासम्म चलेको पुटिनको वार्षिक प्रेस कन्फरेन्समा यमल क्षेत्रका पत्रकारलाई पनि माइक्रोफोन हस्तान्तरण गरिएको थियो। आजको कान्तिपुर दैनिकमा समाचार छ ।
