दिल्लीको किराडीमा आगलागी हुँदा ९ जनाको मृत्यु, १० जना घाईते

तु खबर संवाददाता
२०७६ पुष ७, सोमबार १३:३६
file photo

भारतको राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा रहेको एक कपडाको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको ।

तीन वटा तला रहेको सो भवनको सबैभन्दा तलको तलामा आइतबार मध्यराति आगलागी हुँदा ९ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले पुष्टि गरेको छ ।

सो स्थानमा आगलागीबाट १० जना भन्दाबढी व्यक्ति घाइते भएका छन् । सबै घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*