२१ मे अन्तर्राष्ट्रिय चिया दिवस घोषणा

तु खबर संवाददाता
२०७६ मंसिर २९, आईतवार १५:२७

भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ ।

भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो ।

अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ । यसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, तान्जानिया र अन्य केही देश सामेल छन् ।

यसअघि भारतको पहलमा २१ जुनका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिउको थियो ।

२१ मेमा अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेर यसको उत्पादन र खपतलाई बढावा दिन मद्दत मिल्नेछ जुन ग्रामीण क्षेत्रमा भोक र गरीबीसँग लड्न सहयोगी हुने राष्ट्रसंघले विश्वास लिएको छ ।  एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*