जुन पण्डितले बिहे गराए, उसैसँग भागिन् दुलही

तु खबर संवाददाता
२०७६ मंसिर २५,बुधबार १५:१९
file photo

प्रेम अन्धो हुन्छ भन्छन् । भन्छन् मान्छे प्रेममा जुनसुकै हर्कत गर्न पनि पछि पर्दैन् । प्रेममा न सम्बन्ध न त जातपात वा धर्म नै बाधक बन्छ । जुन पण्डितले विवाह गराए, उसैसँग दुलही भागिन् भन्दा हिन्दु परम्परा अँगाल्ने जोकोहीलाई अचम्मित पार्छ । तर, भारतमा यस्तै घटना भयो ।

भारतको मध्यप्रदेशको विदिशा जिल्लामा यो घटना भएको हो । घटना केही समयपहिलेको भए पनि अहिले सार्वजनिक भएको छ । विदिशास्थित सिरोज शहरकी एक दुलहीलाई पण्डितले लिएर फरार भए । जसले विवाह मण्डपमा मन्त्र पढेर दुलहादुलहीलाई जग्गेमा घुमाएका थिए ।

स्थानीयका अनुसार युवतीको विवाह स्थानीय एक युवकका साथ भएको थियो । जन्ती आउँदा गाउँका विनोद महाराज नामका पण्डितले दुवैको विवाह गराए । विवाहपछि दुलहीलाई बिदाइ गरे, केटाको घर पठाइयो ।

त्यसपछि जब दुलही पहिलोपटक माइतीमा आइन् । त्यसबेला नै पण्डितको साथमा दुलही फरार भइन् । त्यसैबेला गाउँमा अर्को विवाह थियो । मानिसहरू सबै सोही विवाहका लागि ब्यस्त थिए । महत्त्वपूर्ण कुरा त यो छ कि त्यो विवाह पनि उनै पण्डितले गर्नुपर्ने जिम्मेवारी थियो ।

तर विवाह सुरु हुनुअघि नै पण्डित गाउँबाट फरार भए । गाउँलेले पण्डितलाई खोजी गर्दै जाँदा घरमा फेला परेनन् । धेरै खोजबिन गरेपछि माइत आएकी दुलही पनि हराएको खबर पाए । त्यसपछि दुवैको खोजीका लागि प्रहरीकहाँ उजुरी दिए ।

फरार भएका पण्डित पहिलेदेखि विवाहित थिए । परिवारमा उनकी पत्नीका साथै दुई बच्चा पनि थिए । घटनाको दिन पण्डितको परिवार नै गायब थियो । स्थानीयका अनुसार उनै पण्डित र नवविवाहित युवतीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*