सुन्दै अचम्म : समलिंगी जोडीको सामूहिक गर्भाधानबाट बच्चा जन्मियो

तु खबर संवाददाता
२०७६ मंसिर २४,मंगलवार १०:१३
file photo

सुन्दै अचम्म लाग्ने ! एकजना आमाको गर्भबाट बच्चा जन्मेको त प्राकृतिक नै हो । तर दुईवटा आमाको गर्भवटा एउटा बच्चा ! पत्याउन मु्स्किलै पर्छ । बेलायतमा एक महिला समलिंगी जोडीको गर्भबाट बच्चा जन्मिएको छ ।

समलिंगी जोडीले पहिले एउटै बच्चा दुईवटै महिलाले आफ्नो गर्भमा राखे । ‘सेयर्ड मदरहुड’ प्रक्रियाअन्तर्गत बेलायतमा यो पहिलो घटना भएको हो । बेलायतका जोडी जेस्मिन र डोना फ्रान्सिस स्मिथको पहिलो बच्चा ओटिसको जन्म दुई महिनाअघि भएको हो ।

बच्चाको जन्म ‘इनविवो नेचुरल फर्टिलाइजेसन’ प्रक्रियाबाट भएको थियो । यो प्रक्रियामा अण्डालाई आमाको शरीरभित्रै प्रत्यारोपण गरिन्छ । त्यसको विपरित आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) मा यो प्रक्रिया शरीरको बाहिर हुने गर्छ । एनविवो प्रक्रियाको सुरुवात स्विस प्रविधि कम्पनी एनाकोवले गरेको हो ।

लण्डनको एक क्लिनिकमा यसको सफलतापूर्वक प्रयोग गरिएको छ । यो पूत्रिलयामा अण्डालाई जैविक आमाको शरीरमा एक क्याप्सुलको माध्यमबाट पु¥याइएको थियो, जसमा आमाको गर्भमा अण्डा पु¥याइयो ।

आमाको गभएको उक्त अण्डा सफलतापूर्वक प्रत्यारोपित भएपछि एक आमाको शरीरबाट त्यसलाई निकालेर अर्को आमाको गर्भमा राखियो । जसको कोखबाट बच्चा जन्माइएको थियो । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*