डाक्टरको बलात्कार र हत्याकमा संलग्न चार आरोपी प्रहरी इन्काउन्टरमा मारिए
भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन् ।
प्रहरीले मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए ।
पुलिसका अनुसार उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याइएको थियो जहाँ आरोपीले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए ।
भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ ।
हैदराबादमा २७ नोभेम्बरमा स्कूटरको टायर पंक्चर भएपछि टोल प्लासा नजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २७ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो ।
डाक्टरको जलेको शव घटनाको भोलिपल्ट बिहान भेटिएको थियो । उनीहरुले रक्सी पिएपछि सात घण्टासम्म डाक्टरमाथि बलात्कार गरेर पीडितलाई शादनगरको बाहिर इलाकामा जलाइएको थियो । एजेन्सीको सहयोग
