बङ्गलादेशमा ग्यास पाइपलाइन पड्किदा सात जनाको मृत्यु
बङ्गलादेशमा आइतबार बिहान ग्यास पाइपलाइन पड्किदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।
चित्तगोङ जिल्लाको पथरघाटा क्षेत्रमा भएको बिस्फोटमा नजिकै रहेको भवनको पर्खाल भत्किएको स्थानीय प्रहरी प्रमुख मोहम्मद मोहसिनले जानकारी दिए ।
पर्खाल सडकमा हिडिरहेका मानिसमाथि लडेको थियो। सो पर्खाल भत्किएर लाग्दा २५ जनाभन्दा बढी घाइते भएका छन्।
बिस्फोटको कारण तत्काल खुलिनसकेको बताइएको छ।
