अभियुक्त रवि लामिछानेविरुद्ध दर्ता भएको निवेदनमाथि आज सुनुवाई हुने

तु खबर संवाददाता
२०७६ भाद्र २४, मंगलवार १०:२५
file-photo

मकवानपुर २४ भदौ । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटन हेटौँडा इजलाशमा निवेदन दर्ता गराएको छ ।

उक्त निवेदनमाथि आज मंगलवार सुनुवाई हुने भएको उच्च अदालत पाटन हेटौँडा इजलाशले जनाएको छ ।

उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले हिजो सोमबार जिल्ला अदालत चितवनको गत भाद्र ९ गतेको फैसलालाई बदर गरी अभियुक्त तीनै जनालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता गराएको थियो ।

लामिछाने, कंडेल र कार्कीलाई विपक्षी बनाई दिइएको निवेदनमा अभियुक्त लामिछाने र कंडेललाई धरौटी साथै कार्कीलाई साधारण तारेखमा रिहा गर्ने जिल्ला अदालत चितवनको फैसलालाई खारेज गर्न माग गरिएको छ ।

त्यसैगरी अभियुक्त लामिछाने र युवराज कँडेलले यसअघि उच्च अदालत पाटन हेटौँडा इजलासमा चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रिहा गरिपाउँ भनि दिएको निवेदनको प्रारम्भिक सुनुवारको क्रममा मगाईएको प्रतिवेदन हिजो सोमबार उच्च अदालत हेटौँडामा प्राप्त भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*