हेटौँडाकी क्यान्सर पीडित ११ वर्षीया बालिका दमाईलाई आर्थिक सहयोग

मकवानपुर, २० भदौ । रेड राइजिङ मिडिया प्रा.लि. द्धारा हेटौँडामा संचालित लालखबर डटकमले शुक्रबार क्यान्सर पीडित ११ वर्षीया बालिका रेनु दमाईलाई आर्थिक सहयोग गरेको छ ।
हेटौंडा उपमहानगरपालिका १३ बनस्पतिकी छालाको क्यान्सरबाट पीडित दमाईको उपचारका लागि संकलन भएको १८ हजार १ सय ८५ रुपैयाँको चेक अध्यक्ष राज सापकोटा र कार्यालय संयोजक राजेश गरिबले बालिकाका बाबु सीताराम दमाईलाई हस्तान्तरण गरेका हुन् ।
छाला क्यान्सर पिडितको उपचारमा १२ लाखभन्दा बढी रकमको आवश्यकता परेकोले सो रकम परिवारले जुटाउन नसक्ने भएपछि आर्थिक सहयोगका लागि अपिल गरेको हुदाँ केहि रकम संकलन गरेर सहयोग गरेको संयोजक गरिबले जानकारी दिए ।
क्यान्सर पीडित बालिकाको हाल चितवनस्थित भरतपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको छ ।