व्यवसायी त्यागीको हत्या
नयाँ दिल्ली ३१ वैशाख । पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा आफ्नी छोरीमाथि भएको दुर्व्यवहारको प्रतिवाद गर्दा ५१ वर्षे व्यवसायीको हत्या भएको छ ।
छोरीलाई दुर्व्यवहार गर्ने एक केटाको घरमा उनका बाबुसँग कुरा गर्न पुगेका व्यवसायी ध्रुवराज त्यागीको हत्या भएको हो ।
उनलाई घेराहाली थुप्रै पटक छुरा प्रहार गरेका थिए । उक्त घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
