किन गए मुख्यमन्त्री पौडेल आर्थिक मामिला मन्त्रालय !

तु खबर संवाददाता
२०७६ बैशाख २४, मंगलवार ०७:५७
file-photo

मकवानपुर, २४ वैशाख । हिजो दिउँसोतिर प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल आर्थिक ममिला तथा योजना मन्त्रालय पुगे । उनीसँगै अन्य मन्त्रालयका मन्त्री र सचिव पनि त्यहिँ पुगे । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा पनि प्रदेशको आर्थिक मामिला मन्त्रालयमा पुगेका थिए ।

खासमा आगामी बजेटका सन्दर्भमा त्यहाँ आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले राखेको अनौपचारिक छलफलका लागि मुख्यमन्त्री पौडेल पुगेका हुन् । पौडेलसँगै अन्य मन्त्रीहरु र मन्त्रालयका सचिवहरु उपस्थिति थिए ।

आगामी बजेटको तर्जुमाका सम्बन्धमा अनौपचारिक छलफल भयो, आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले भने । मन्त्रालयहरु बजेटको सिलिङ तोक्नुपर्ने छ, त्यसका लागि के कसरी अघि बढ्ने, गत वर्षको बजेट कसरी खर्च भयो, बजेट कार्यान्वयनमा के कस्ता समस्याहरु आइपरे भन्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
राजस्व संकलनको अवस्था र स्रोतको बाँडफाँडका विषयमा पनि छलफल भएको थियो ।

यो एक किसिमको होलसेल बैठक जस्तै हो, मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार, आगामी बजेटको सम्बन्धमा कसरी अघि बढ्ने भन्ने विषयमा सबैको धारणा सुनियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*