विवेकशील नेपाली दलका अध्यक्ष थापासहित एक दर्जनबढि नेता, कार्यकर्ता प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७६ बैशाख ४, बुधबार १४:३२
file-photo

काठमाडौं ४ वैशाख । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भूमाफियामार्फत् सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको नाममा बिक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित उत्रिएका थिए । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।