कांग्रेसको भविष्य सङ्कटमा : कोइराला
गाईघाट २६ चैत्र । नेपाली कांगे्रसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा उनले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुट–उपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म कांगे्रस साह्रै कमजोर बन्ने अवस्था आएको बताए ।
केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर आज कांगे्रसका केन्द्रीय नेतृत्वहरु एक्लाएक्लै हिँड्न खोज्दा कांगे्रस पार्टी कमजोर बन्न पुगेको जिकिर गरे ।
