केन्द्रीय विभाग गठनका लागि सहमती जुटाउन काँग्रेसको बैठक
काठमाडौं २५ चैत्र । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमती जुटाउन सोमबार आफ्नै निवासमा पदाधिकारी बैठक राखेका छन् । पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि हालसम्म केन्द्रीय विभाग गठन हुन सकेको छैन् ।
गत शनिबारका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठक कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि स्थगित भएको थियो । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।
