काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

तु खबर संवाददाता
२०७५ चैत्र २३, शनिबार १२:१३

काठमाडौं २३ चैत्र । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार (आज) बस्दैछ । केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेका हुन् । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज बस्ने बैठकमा हुने छलफलका एजेण्डाबारे सहमति जुटाउन शुक्रबार अपरान्ह सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भएको थियो ।

उक्त छलफलमा सभापति देउवाले पार्टीको कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्ने विषयसहित पार्टीको देशव्यापी जनजागरण अभियान सञ्चालनबारे पनि नेताहरुसँग राय सुझाव मागेका थिए ।