नेपाल सरकारले बेलायती सरकारसँग औपचारिक कुटनीतिक पहल गर्नुपर्ने

तु खबर संवाददाता
२०७५ चैत्र २२, शुक्रबार १५:३९
file-photo

काठमाडौं २२ चैत्र । नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायतस्थित नेपाली राजदूत, वेलायती सरकार समेत सहभागी भएर तयार पािरएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारले बेलायती सरकारसँग औपचारिक कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपालीको तर्फबाट नेपालको राजदूत पनि सहभागी भएको र ब्रिटिश सरकारकै तर्फबाट पनि सहभागी भएर तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न औपचारिक कुटनीतिक पहल कदमी ब्रिटिश सरकारसँग गर्नुपर्छ । र दुई सरकारबीच उच्चस्तरीय वार्ता गरेर ब्रिटिश सेनामा कार्यरत नेपाली सैनिकहरुको समान अधिकारको लडाईलाई सफलताको विन्दुमा पुर्याउनुपर्छ । न्यायोचित अधिकार हरहालतमा प्राप्त गर्ने पहल कदमी सरकारले अबिलम्ब अगाडि बढाउनुपर्छ ।’

नेपाली भएकै कारण शोषित, पीडित र अन्यायमा परेका कारणले नेपालका लागि गरिएको लडाई भएकाले गेसोले उठाउँदै आएको विषय नेपालको स्वाभिमान र राष्ट्रिय सार्वभौमसत्ता संगको लडाई भएको टिप्पणी उनले गरे ।