मकवानपुर गोल्डकप : आज विदेशी टिम दाफिन्स र एपीएफबीच खेल हुने
मकवानपुर १० चैत्र । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज विदेशी टिम दाफिन्स र एपीएफबीच खेल हुने भएको छ ।
खेल दिउँसो ३ बजे सुरु हुनेछ । हेटौंडा–१० स्थित वनविज्ञन खेल मैदानमा जारी प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछ ।
