हेटौंडामा बर्ड फ्लु संक्रमित कुखुरा मार्ने क्रम जारी
मकवानपुर, २ चैत । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ मा बर्ड फ्लु लागेका कुखुराहरु नष्ट गर्ने क्रम जारी छ । भेटेनरी प्राविधिक तथा प्रहरीको टोलीले बर्ड फ्लु संक्रमित कुखुराहरु नष्ट गरिरहेको हो ।
यस अघि हिजो जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सरोकारवालाहरुको बैठकले किसान कुल प्रसाद चौलागाईको खोरको चारैतिरको क्षेत्रलाई सिज गरी कुखुरा मार्ने काम भइरहको छ ।
मारिएको कुखुराको कानून अनुसारको क्षतिपूर्ति किसानले पाउने सहमति भइसकेको छ । किसानको क्षतिपुर्ति रकमबारे टुङ्गो नलागेपछि केही विवाद समेत भएको थियो । तर, पछि प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले केन्द्र सरकारसँग समन्वय गरी यसको टुंगो लगाएका थिए ।
प्राविधिकहरुले सो क्षेत्रमा २८ वटा फर्मका ४१ हजार कुखुरा नष्ट गर्नेछन् ।
कुखुरा मार्न तीन वटा टोली परिचालन गरिएको छ ।
